नाैं सदसीय आराेहण टाेलीद्वारा नुप्चे हिमालकाे सफलता पुर्वक आराेहण



खाँदबारी । आराेहण गर्न अत्यन्तै कठिन मानिने ७ हजार ८ सय ६१ मिटर उचाईकाे हिमाल ९ सदसीय पर्वताराेहण टाेलीले सफलतापूर्वक आराेहण गरेका छन् । बैशाख २५ गते दिउँसाे १:३० बजे ६ नेपाली र ३ विदेशी सम्मिलित आराेहण टाेलीले सफलतापूर्वक हिमाल आराेहण गरेका हुन् ।

टाेलीकाेकाे अमेरिकन आराेहि ग्यारेड मेडिसनले नेतृत्व गरेका थिए भने आङ्फुर्बा शेर्पाले गाईड गरेका थिए । आराेहणकाे लागि दावा तेन्जी शेर्पा र मिङ्दाेर्जी शेर्पाले ‘राेप फिक्सिङ’काे काम गरेका थिए । अन्य आराेहण दलमा छेदर शेर्पा, लाक्पा शेर्पा, चेतन शेर्पा, रिचार्ड ड्रेभस् र कृष्ली मलेष्क स्टाेनीया रहेका छन् । रिचार्ड र कृष्ली पनि अमेरिकन आराेहिहरु हुन् ।

दावा तेन्जी शेर्पा, आङ्फुर्बा शेर्पा र छेदर शेर्पा सङ्खुवासभा जिल्लाकाे सिलिचाेङ गाउँपालिकाका हुन् भने मिङ्दाेर्ची शेर्पा र लाक्पा शेर्पा मकालु गाउँपालिकाकाे रहेका छन् । त्यस्तै चेतन शेर्पा साेलुखुम्बु जिल्ला पासाङ ल्हमु गाउँपालिकाका हुन् ।

नुप्चे हिमाल प्राविधिक तथा भाैगाेलिक हिसावले आराेहण गर्न कठिन हिमाल रहेकाे आराेहि दावा तेन्जी शेर्पाले बताए । याे हिमाल आराेहण गर्न ६५ डिग्रीकाे भिरालाे हिम पर्वत पार गर्नु पर्ने शेर्पाले बताउनुभयाे ।

सन २०१३ देखि याे हिमाल आराेहणकाे प्रयास गर्नेहरुले सफलता पाउन सकेका थिएनन् । २०२३ मा दश बर्षपछि आफुहरु नुप्चे हिमालकाे चुचुराेमा पुग्न सफल भएकाे शेर्पाले प्रतिकृया दिए । २०१३ सम्ममा २२ जना मात्र आराेहि रहेकाे यस हिमालमा अब आराेहण गर्नेकाे संख्या ३१ पुगेकाे समेत शेर्पाले दावी गरेका छन् ।

उनीहरुले हिमालयन गाईड् प्रा‍.लि. मार्फत आराेहण गरेका हुन् । फाेटाे: दावा तेन्जी शेर्पा

सम्बन्धित समाचार