प्रदेश नामाकरण विरुद्ध खाँदबारीमा प्रदर्शन, जलाईयो कोशी अंकित कालो झण्डा (भिडियाे सहित)



खाँदबारी । प्रदेशको कोशी नाम खारेजीको माग गर्दै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा प्रदर्शन तथा विरोध सभाको आयोजना गरिएको छ । प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समिति र जनता समाजवादी पार्टी संखुवासभाको आयोजनामा सभाको आयोजना गरिएको थियो ।

जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ‘कोशी नाम खारेज गर’ लेखिएको कालो झन्डा जलाईएको छ । प्रमुख अतिथि नेता आङकाजी शेर्पाले मन्तब्य सुरु गर्दै कालो झण्डामा आगो सल्काएका हुन् । हिकमत कार्की लेखिएको कागजमा आगो सल्काएर कालो झण्डमा आगो लगाएका हुन् ।

कार्यक्रमलाई आधा दर्जन नेताहरुले सम्बोधन गरेका थिए । गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन्।

सम्बन्धित समाचार