सिलिचाेङ स्टार सञ्जय कुलुङकाे पहिलाे गित सार्वजनिक (भिडियाे सहित)



खाँदबारी । सिलिचाेङ स्टार सञ्जय राईकाे पहिलाे गित हाम्राे सिलिचाेङ सार्वजनिक भएकाे छ । कुलुङकाे आवाजमा रहेकाे गित संखुवासभा सरदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाे आयाेजना गरि सार्वजनिक गरिएकाे हाे ।

सिलिचाेङ गाउँपालिका उपाध्यक्ष देविता कुलुङ नेतृत्वकाे जनप्रतिनीधि तथा कर्मचारीहरु लगायत सराेकारवालाहरुकाे उपस्थितिमा गितकाे भिडियाे विमाेचन गरिएकाे हाे । सिलिचाेङ मल्टिमिडिया युट्युव च्यानलमा राखिएकाे गितलाई कार्यक्रम मार्फत सार्वजनिक गरिएकाे हाे । याे गित ताम्कुले साँगितिक परिवारले निर्माण गरेकाे हाे ।

गीत नगेन्द्र कुलुङले लेख्नुभएकाे हाे भने दिप घतानीले संगित गर्नुभएकाे हाे । सञ्जिव बराईलीले संगित संयाेजन गर्नुभएकाे याे गित भाेईस् अफ नेपाल स्टुडियाेमा रेकर्ड गरिएकाे हाे । गितकाे मिक्सिङ तथा मास्टरिङ दिप घतानीले नै गर्नुभएकाे हाे ।

गितमा संखुवासभाकाे सिलिचाेङ गाउँपालिकाकाे चिनारीहरु प्रस्तुत गरिएकाे छ । सिलिचाेङ गाउँपालिकाकाे सामाजिक परिवेश, रहनसहन, पर्यापर्यटन लगायतलाई समेटेर गित तयार गरिएकाे छ । गितकाे स्टुडियाे भिडियाे उमेश थापा मगरले निर्माण गर्नुभएकाे हाे ।

गायक कुलुङ सिलिलचाेङ गाउँपालिका ३ ताम्कुका युवाहरुकाे समुह ताम्कुले साँगितिक परिवारले आयाेजना गरेकाे सिलिचाेङ स्टार सिजन एककाे विजेता हुनुहुन्छ । गायक तथा संगितकार उमङ्ग लामा, गायक ज्वाला राई, उमेश मेवाहाङ लगायतकाे निर्णायकबाट उहाँ विजेता बन्नुभएकाे थियाे ।

 

सम्बन्धित समाचार