किशोरी बलात्कारको आरोपमा संखुवासभा चैनपुरमा एकजना पक्राउ



संखुवासभा ।   किशोरी बलात्कारको आरोपमा चैनपुरमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–२ का ४४ वर्षीय तर्बु शेर्पा रहेको प्रहरीले जनाएको छ। शेर्पालाई सोही वडाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धपोखरी बजारबाट बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए। पीडितको स्वास्थ्य परीक्षण शुक्रबार गरिने उनले बताए। पक्राउ परेका शेर्पालाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार