बसको ठक्करबाट एकजनाको वृद्धको मृत्यु



अर्घाखाँची । प्युठानमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  झिमरुक गाउँपालिका ३ सिम्लेनीका ६० वर्षीय खिमबहादुर महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए। महत सडकमा हिँडिरहेको बेला लु. १ख ७३९२ नम्बरको बसले ठक्कर दिएको प्रहरी निरीक्षक जिसीले बताए। मृतक महतको शवलाई जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टमका राखिएको बताइएको छ। थप अनुसन्धानको लागि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार