राजेश पायल र मेलिना राईकाे आवाजमा आयाे बुद्धि कुलुङकाे गीत जय सिलिचाेङ (भिडियाे सहित)



खाँदबारी । गीतकार बुद्धि कुलुङकाे गीत जय सिलिचाेङकाे भिडियाे सार्वजनिक भएकाे छ । कुलुङले पछिल्लाे समय लेखेकाे गीत दियाे जाेडी युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।

गीतमा सर्वप्रिय कलाकारहरु राजेश पायल राई र मेलिना राईले स्वर दिएका छन् । दिप घतानीको संगीत रहेकाे यस गीतमा टेकेन्द्र याक्साेले संगीत संयाेजन गरेका छन् ।

गीतकार कुलुङकाे गृह पालिका सिलिचाेङ गाउँपालिकाकाे परिचय बाेकेकाे गीत तयार गरेका हुन् । सिलिचाेङ गाउँपालिकाकाे सामाजिक एकता, पाैराणिकता, पर्यापर्यटन, विकास निर्माण लगायतका विषयहरुलाई लिएर गीत तयार गरेका छन् ।

गीतकाे स्टुडियाे भिडियाे र सिलिचाेङ गाउँपालिकाकाे स्थलगत भिडियाेहरुलाई संयाेजन गरि भिडियाे निर्माण गरिएकाे छ । स्टुडियाे भिडियाे दुर्गा बान्तावा राईले छायाँकन गरेका हुन् । स्थलगत भिडियाे लककुमार कुलुङ, ध्यान कुलुङ, खेवाहाङ मेवाहाङ, सवित कुलुङ, विनाेद कुलुङ र कविराज कुलुङले खिचेका हुन् ।

यस गीत र भिडियाे मार्फत सिलिचाेङ गाउँपालिकाकाे प्रचारमा याेगदान पुग्ने अपेक्षा राखिएकाे गीतकार कुलुङले बताउनुभयाे । आफ्नाे जन्मभुमीकाे लागि ब्यक्तिगत तवरबाट थाेरै भए पनि याेगदान दिन पाएकाेमा आफु खुसी रहेकाे कुलुङले बताउनुभयाे ।

याे गीत र भिडियाे तयार गर्न सहयाेग गर्ने सम्पुर्ण सहयाेगीहरुलाई समेत गीतकार कुलुङले धन्यवाद ब्यक्त गर्नुभयाे ।

सम्बन्धित समाचार