चिचिला गाउँपालिकाका महिला उद्यमीहरुले बुनेकाे ढाका साडी किन्ने हाे ?



चिचिला । चिचिला गाउँपालिकाले उद्यम विकास कार्यक्रम मार्फत पाँच वटै वडाका महिलाहरुलाई ढाका बुनाई तालिम दिँदै आएकाे छ । पहिलाे बर्ष आधारभुत तालिम दिएपछि अर्काे बर्ष उनीहरुलाई नै स्तर बृद्धि तालिम दिने गरेकाे छ ।

यसरी तालिम पाएका महिला उद्यमीहरुले उत्पादन गरेकाे ढाकाकाे साडीहरु विक्रिका लागी गाउँपालिकाले सुचना जारी गरेकाे छ । गाउँपालिकाकाे उद्यम विकास समितिले मुल्य निर्धारण गरि बनाेट, आकार र गुणस्तरकाे आधारमा फरक फरक मुल्यमा विक्रिकाे लागि सुचना प्रकाशन गरेकाे छ ।

यसरी उत्पादन गरिएकाे साडी प्रतिथान ३५ सय देखि १५ सय रुपैयाँसम्म पर्ने प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयाे । हाललाई ईच्छुकले गाउँपालिकाे कार्यालय उद्यम विकाश शाखामा सम्पर्क गर्न सकिने राईले जानकारी दिनुभयाे ।

हेराैं गाउँपालिकाले जारी गरेकाे मुल्य सूची सहितकाे सुचना ।

सम्बन्धित समाचार