यस्तो देखियो खाँदबारीको गाईजात्रा (फोटो फिचर)



खाँदबारी । नेवार समुदायमा पछिल्लो एक बर्ष भित्र स्वर्गीय भएका परिवारको सदस्यको सम्झनामा सङ्खुवासभा सदरमुकाम खाँदबारीमा गाईजात्रा निकालिएको छ । गाईजात्रा पर्वको अवसरमा यस बर्ष २ जना स्र्वगीय भएकाहरुको नाममा गाईको प्रतिमा निकालिएको हो ।

परिवारको सदस्य वितेको घरमा बाँस र परालबाट गाईको प्रतिमा बनाई स्वर्गीय भएको ब्यक्तिको फोटो टाँसेर बजार परिक्रमा गरिएको छ । यस्तो गाईको प्रतिमालाई लाखे नाँच सहितको टोलीले बजार परिक्रमा गरिएको हो ।

तत्कालिन राजा प्रताप मल्लले पुत्रशोकमा भाव बिह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नु पर्छ भन्ने देखाउन जनतालाई परिवारको सदस्य वितेको प्रत्येक घरबाट यस्तो जात्रा निकाल्नु लगाएदेखि यो चलन चलिआएको मानिन्छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारी बजार सहित वाना, सिभुवा, बाह्रविसे, तुम्लिङटार लगायतका नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा यस्तो जात्रा निकाल्ने गरिन्छ ।

हेरौं सदरमुकाम खाँदबारी बजारमा निकालिएको गाईजात्राको तस्बिरहरु । तस्विर : ध्यान कुलुङ

सम्बन्धित समाचार