सङ्खुवासभाका अग्रज पत्रकार थापाले स्थापना गरे पाँचखपन पत्रकारीता पुरस्कार



खाँदबारी । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिकाका अग्रज पत्रकार बलबहादुर थापाले पाँचखपन पत्रकारीता पुरस्कार स्थापना गरेका छन् ।

पत्रकार महासंघ सङ्खुवासभाले सञ्चालन गर्ने गरि १ लाख रुपैयाँकाे पत्रकारीता पुरस्कार स्थापना गरेका हुन् ।

उक्त काेषबाट बार्षिक रुपमा एक जना सङ्खुवासभाका पत्रकारलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । विशेष गरि पाँचखपन नगरपालिका भित्रका विभिन्न पक्षहरुकाे खाेजमुलक समाचारहरु लेख्ने पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार दिईने छ । जस्काे लागि एक छनाैट समिति पत्रकार महासंघ सङ्खुवासभाले गठन गर्नेछ ।

पत्रकारीता पुरस्कार काेषकाे संरक्षक काेषका संरक्षक बलबहादुर थापालाई राखिएकाे पत्रकार महासंघ सङ्खुवासभा अध्यक्ष ईन्द्र गिरीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार