सङ्खुवासभा समाज, युएईकाे साधारण सभाबाट नयाँ कार्य समिति चयन



खाँदबारी । युनाईटेड अबर ईमिरेटस (युएई) मा कार्यरत सङ्खुवासभालीहरुकाे संस्था सङ्खुवासभा समाज युएईकाे नयाँ कार्य समिति चयन गरिएकाे छ । अघिल्लाे समिति बिघटन गरि बीरबहादुर भुर्तेलकाे अध्यक्षतामा १३ सदसीय कार्य समिति चयन गरिएकाे हाे ।

युएईकाे बुर दुबई स्थित द भाेज नेपाली रेष्टुरेन्टमा साधारण सभाकाे आयाेजना गरि नयाँ कार्य समिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा दिपेश राई, सचिवमा तिर्थ बस्नेत, सहसचिवमा गणेश महतारा, काेषाध्यक्षमा प्रेम कुमार गुरुङ चयन भएका छन् । त्यस्तै, सहकाेषाध्यक्षहरुमा गाेबिन्द राना र ताराबीर गुरुङ चयन भएका छन् ।

कार्य समिति सदस्यहरुमा बिजय लक्ष्मी तामाङ, नरिता राई, काजी गुरुङ, रविन्द्र गुरुङ, लाेकमणी गुरुङ र साेनाम गुरुङ रहेका छन् ।

साधारण सभाले सल्लाहकार समिति समेत गठन गरेकाे छ । सल्लाहकार समिति संयाेजकमा साजन (टेकेन्द्र) राई र सदस्यमा रमेश कुमार गुरुङ चयन गरिएकाे कार्य समिति सदस्य साेनाम गुरुङले जानकारी दिनुभयाे । त्यस्तै, मानवीय राहत तथा उद्धार काेष समितिकाे संयाेजकमा नरिता राई चयन गरिएकाे छ । काेष समितिकाे सदस्यहरुमा साेनाम गुरुङ र नगेन्द्र बस्नेतलाई जिम्मेवारी दिईएकाे कार्य समिति सदस्य गुरुङले जानकारी दिनुभयाे ।

सन २००५ मा स्थापना गरिएकाे समाजले स्थापना कालदेखि नै सङ्खुवासभाकाे विभिन्न विपत्तिहरुमा राहत सङ्कलन गर्दै सहयाेग जुटाउँदै आएकाे छ । मुख्य गरि प्राकृतिक प्रकाेप, विपत तथा महामारीहरुमा यस समाजले जिल्लावासीलाई राहत सहयाेग गर्दै आएकाे समाजका अध्यक्ष बीरबहादुर भुर्तेलले जानकारी दिनुभयाे ।

यस पटककाे साधारणसभा कार्यक्रममा तीज विशेष कार्यक्रमकाे आयाेजना समेत गरिएकाे अध्यक्ष भुर्तेलले जानकारी दिनुभयाे ।

 

सम्बन्धित समाचार