निर्माण ब्यावसायी महासंघ सङ्खुवासभाकाे अध्यक्षमा सन्ताेष राई निर्वाचित



खाँदबारी । नेपाल निर्माण ब्यावसायी महासंघ सङ्खुवासभाकाे अध्यक्षमा सन्ताेष राई निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी मिगुर शेर्पालाई पराजित गर्दै राई अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासंघकाे बरिष्ठ उपाध्यक्षमा आशिष शाक्य, सचिवमा सुवर्ण शाक्य र काेषाध्यक्षमा किरणबाबु उदास निर्विराेध निर्वाचित भएका छन् । अन्य पदमा निर्वाचनबाट पदाधिकारीहरु चयन गरिएकाे हाे ।

महासंघकाे उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा सुनिल कुमार श्रेष्ठ, सहकाेषाध्यक्षमा हरिबहादुर जाेशी निर्वाचित भएका हुन् । सदस्यहरुमा संगिता राई, ओमकुमार राई, बसन्त कुमार चापागाई, राजेन्द्र घले, बलबहादुर श्रेष्ठ, प्रेमकुमार लिम्बु, केवलमान गुरुङ निर्वाचित भएका हुन् । त्यस्तै अन्य सदस्यहरुमा मिरा मगर,  रुपराज तामाङ, हितकुमार गुरुङ, रत्नमान तामाङ, केशव शेर्पा र मुकुलमणी दाहाल निर्वाचित भएका हुन् ।

साेमबार दिउँसाे उद्घाटन सत्रकाे आयाेजना गरि साँझ बन्द सत्र तथा निर्वाचन कार्य सम्पन्न गरिएकाे थियाे । नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहकाे प्रमुख आतिथ्यता तथा सङ्खुवासभा अध्यक्ष कुलबहादुर श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

 

 

सम्बन्धित समाचार