धरानका उपमेयरका भाइ विष्णु बेघा माथि खुकुरी प्रहार



धरान । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका कान्छा भाइ विष्णु बेघा माथि खुकुरी प्रहार भएको छ ।

मङ्गलवार सूर्य बस्तीका १५ देखि २० जनाको समूह आएका युवाहरूले धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका थिए ।

सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीयले जानकारी दिए । उनलाई देब्रे पट्टिको गालामा खुकुरी प्रहार भएको स्थानीय बासिन्दाहरूले बताए ।

खुकुरी प्रहारबाट घाइते बेघा २३ वर्षका हुन । घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए ।

सम्बन्धित समाचार