धरानका उपमेयर बेघाका भाइमाथी आक्रमणकाे कारण यस्ताे रहेछ



धरान । धरानका उपमेयर अईन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई ग्याङ फाईटका कारण आक्रमण गरिएकाे प्रहरीले जनाएकाे छ । बेघाका ठुलो कान्छा भाइ विष्णु बेघालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

मङ्गलवार धरानमा भएको ग्याङ फाइटको अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी विष्णु बेघा भागेको र सन्देशको ग्याङले उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको शरीरको कम्मरमा गहिरो चोट लागेको छ भने विष्णुको टाउको र अनुहारमा चोट लागेको छ ।

सन्देशका ग्याङका केहीलाई पक्राउ गरी सोधपुछ गर्दा घटनामा विष्णुको पनि संलग्नता रहेको थाहा पाएपछि प्रहरीले अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको हो ।

घटनाको विस्तृत विवरण प्रहरीको प्रारम्भिक अनुसन्धानपछि खुल्नेछ ।

सम्बन्धित समाचार