थुलुङ दुधकोशीमा सुविधासम्पन्न खेलग्राम बन्दै



सोलुखुम्बु । साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकामा खेलग्राम निर्माण हुने भएकाे छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ मा खेलग्राम निर्माण हुने भएकाे हाे । साढे २ वर्षमा नेपाल फुलबारी सेवा प्रालि काठमाडौले रु. १४ करोड ५३ लाखमा खेलग्रामका लागि आवश्यक संरचना निर्माण गर्नेछ ।

उक्त खेलग्राममा ड्रेसिङ तथा चेन्जिङ रुम, गेट लगायत फुटबल र भलिबल खेलका लागि आवश्यक संरचना लगायत निर्माण गाउँपालिकाले जनाएकाे छ । जिल्लामानै सुविधा सम्पन्न खेलग्राम निर्माण हुनेभएपछि स्थानीयबासी हर्षित भएका छन ।

खेलग्राम निर्माण गर्नको लागि स्थानीय ११ जनाले ३५ रोपनी जगा निशुल्क जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्माण व्यवसायी इमानदार बनेको अवस्थामा निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने बताउनुभयो ।

विभिन्न क्षेत्रमा निर्माणको जिम्मा लिएका निर्माण कम्पनी जिम्मेवार नबन्दा जनप्रतिनिधि आलोचित बनेको भन्दै पालिका भित्रका कार्यमा गुणस्तरीय र समयसीमामा सम्झौता नगर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार