भीषण मुकारुङले ल्याए नयाँ गीत ‘त्यो पल’



गायक एवम् संगीतकार भीषण मुकारुङ स्वरमा नयाँ गीत ‘त्यो पल’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको बाध्यताले बिछडिएको साथीको सम्झना र मिलनको व्यघ्रताबाट सिर्जित परिस्थितिलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

मन मिल्ने साथीसँगको मिलनको क्षण नजिकिंदै गर्दा भएको वियोगान्त कथामाथि छायांकन गरिएको गीतमा विल्सनविक्रम राईको शब्द र तोरेम्पाहाङ राईको संगीत रहेको छ ।

विल्सन आफैंले निर्देशन गरेको भिडियोमा विल्सनसँगै गौरव पहारी, उदय सुब्बा, विशाल लिम्बू, इन्द्र खरेल, वीरबहादुर राईलगायतको अभिनय देख्न सकिन्छ ।

पूर्वी नेपालको झापालाई आधार बनाएर छायांकन गरिएको भिडियो नेपालसँगै अमेरिका, कोरिया, दुवई, कुवेत र स्कटल्यान्डमा छायांकन गरिएको छ । भिडियो ‘तक्मेबुढाडटकम’ युट्युब च्यानलमा उपलब्ध छ ।

सम्बन्धित समाचार