जिल्ला भलिबल संघकाे कार्यक्रम पत्रकार महासंघले बहिस्कार गर्ने



खाँदबारी । पत्रकार महासंघ र जिल्ला भलिबल संघ विचकाे पछिल्लाे बिवाद बारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गरेकाे छ । हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियाेगिताकाे समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेकाे भन्दै भलिबल संघका अध्यक्ष मेदिनि घिमिरेले फेसबुकमा लेखेपछि बिवाद सुरू भएकाे हाे ।

 

उक्त पाेष्ट पछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेकाे भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेकाे बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयाेजना गरेकाे आय ब्याय सार्बजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघकाे कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेकाे थियाे ।

 

महासंघ र भलिबल संघ दुवैले भनेकाे ठाउँमा नगएपछि फेसबुकबाट नै बिवरण सार्बजनिक गरिएकाे थियाे । बिवरणसँगै भलिबल संघले बिवादकाे बिषयमा विज्ञप्ति जारी गरेकाे थियाे । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयाेजना गरेकाे कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेकाे हाे ।

सम्बन्धित समाचार