पत्रकार महासंघ र भलिबल संघ विचकाे बिवाद के हाे ? कसरी टुङ्गीनु पर्छ ?



गत फागुन १५ बाट १९ गतेसम्म सङ्खुवासभाकाे खाँदबारी रंगशालामा आयाेजना गरिएकाे राष्ट्रिय प्रतियाेगिता बढाे हर्साेल्लासका साथ सकियाे । प्रतियाेगिताकाे तयारी जत्ति राम्राे थियाे, उत्ति नै राम्राे गरि समापन पनि भयाे । मुल आयाेजक, स्थानीय आयाेजक, प्रायाेजक सवै धन्यवादकाे पात्र बने । लाखाैँ खर्चेर पनि आयाेजना नाफामा गएकाे सार्वजनिक गरिएकाे आयब्याय बिवरणले प्रष्ट पार्छ ।

आयाेजना सम्पन्न भएकाे एक हप्ता भन्दा बढि समय वितेपछि स्थानीय आयाेजक (संयाेजन) जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले फेसबुकमा लेखे ‘स्थानीय पत्रपत्रिकाले समाचार छाप्नलाई के के गर्नु पर्छ ? भनेपछि मात्र हुने हाे कि देखेका बुझेका र महत्व बाेकेका घटनाहरुकाे समाचार आफैँ पनि लेख्न मिल्छ ?’ भनेर पाेष्ट्याए । यहिँबाट सुरु भएकाे हाे बिवाद ।

घिमिरेकाे उक्त पाेष्टपछि जिल्लाका सञ्चारकर्मीहरु विच जाेडताेडका साथ छलफल सुरु भयाे भने सामाजिक सञ्जाल तिर पत्रकारहरु माथी गाली गलाैज सुरु भयाे । कत्तिले घिमिरेकै पाेष्टमा कमेन्ट लेखे भने कत्तिले अन्यत्र पनि बाँकी राखेनन् । जिल्लाका पत्रकारहरुले आफुहरुले प्राथमिकताका साथ स्थानीय र आफु सम्बद्ध राष्ट्रिय सञ्चार माध्ययममा पनि समाचार प्रकाशन गरेकाे तर अध्यक्षबाट यस्ताे प्रतिकृया आउनु दुखद् भएकाे बताए । यस विषयमा सम्बन्धितसँग छलफल गर्नु पर्ने पत्रकार महासंघकै पदाधिकारीहरुबाट पनि कुरा आयाे ।

यस विषयमा एक खालकाे चर्चा पछि पत्रकार महास‌ंघका अध्यक्ष ईन्द्र गिरी र पाेष्ट गर्ने घिमिरे विच यस विषयमा कुराकानी भयाे । र घिमिरेले यस अघिकाे पाेष्ट सम्पादन गरे । सम्पादित पाेष्टमा भनिएकाे छ ‘स्थानीय पत्रपत्रिका पाख्रिबास साप्ताहिकमा समाचार छाप्नलाई के के गर्नु पर्छ ? भनेपछि मात्र हुने हाे कि देखेका बुझेका र महत्व बाेकेका घटनाहरुकाे समाचार आफैँ पनि लेख्न मिल्छ ?’ प्रकाशक/सम्पादकसँग जिज्ञासा हाे ।’

यहि बिवादकाे गाेल चक्कर चलिरहेकाे बेला प्रतियाेगिताकाे स्थानीय आयाेजक जिल्ला भलिबल स‌ंघले कार्यक्रमकाे आयब्याय सार्वजनिक गर्न जिल्ला खेलकुद विकास समितिकाे कार्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे थियाे । यसै पनि अध्यक्ष घिमिरेकाे फेसबुक पाेष्ट र त्यसबाट सिर्जित अन्य कमेन्टहरुबाट असन्तुष्ट रहेका पत्रकारहरुले पत्रकार महासंघकाे कार्यालयमा पत्रकार सम्मेलन गर्नु पर्ने बताएका थिए । यद्धपी अघिल्लाे दिन नै आयाेजकले खेलकुद विकास समितिकाे कार्यालयमा पत्रकार सम्मेलन गर्ने भनेर जानकारी गराईसकेकाे थियाे । तर कार्यक्रमकाे दिन पत्रकार सम्मेलन महासंघकाे कार्यालयमा नै गर्नु पर्ने र पछिल्लाे बिवाद बारे पनि छलफल गरि बिवाद अगाडि बढ्न दिन नहुने पत्रकारहरुले बताएका थिए । उता भलिबल संघले पनि सवै तयारी जिल्ला खेलकुदमा गरिसकिएकाेले उतै आउन भनिरहेकाे थियाे । अन्त्यमा न महास‌ंघ खेलकुद कार्यालयमा गयाे, न भलिबल संघ पत्रकार महासंघकाे कार्यालयमा गयाे । अन्त्यमा भलिबल संघले फेसबुक पेजबाट आयब्याय सार्वजनिक गर्याे ।

पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीका अनुसार आयब्याय फेसबुकबाट सार्वजनिक गर्नुलाई सामान्य नै ठाने पत्रकारहरुले, किनकि सामान्य मनमुटाव दुई संस्था विच रहिरहेकै थियाे । तर एकैछिन पछि बिवादकाे बिषयलाई लिएर भलिबल संघले प्रेस विज्ञप्ति निकाले अनि थप चिढिए पत्रकारहरु । पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी भन्छन्, ‘सामान्य मनमुटाव हाे, विस्तारै मिलिहाल्छ जस्ताे लागेकाे थियाे, तर एकासी उताबाट पत्रकारहरुलाई गलत सावित गर्दै विज्ञप्ति नै जारी गरिसकेपछि दुनियाकाे गाली खाँदै चुप लागेर बस्न सक्ने अवस्था भएन ।

अन्तत पत्रकार महासंघ सङ्खुवासभा र पत्रकार आवद्ध विभिन्न संस्थाहरुले जिल्ला भलिबल संघकाे कुनै पनि कार्यक्रम बिहिस्कार गर्ने भन्दै साझा जवाफि विज्ञप्ति निकाले । सार्वजनिक गरिएकाे बिवरण अनुसार आयाेजनामा भएकाे खर्चमा समेत अनियमितताकाे आसङ्का सहित प्रश्न उठाए ।

याे सिलसिलापछि अहिले पत्रकार महासंघ र जिल्ला भलिबल संघकाे दुरी बढेकाे छ । त्याे भन्दा ठुलाे कुरा त साझा प्रयासबाट सम्पन्न भएकाे गर्व गर्न लायक राष्ट्रिय भलिबल प्रतियाेगिताकै बेईजेत भएकाे छ । बढाे हर्साेल्लासका साथ सम्पन्न भएकाे आयाेजनाकाे विषयलाई लिएर आराेप प्रत्याराेप लगाउँदै गर्दा सङ्खुवासभाकाे बढेकाे उचाईकाे ग्राफ सिधै ओरालाे झरेकाे छ । याे कदापी ठिक हाेईन ।

पत्रकारहरु रिसाउनु स्वभाविक हाे

यत्राे ठुलाे एतिहासिक आयाेजनाकाे सफलतापूर्वक अवतरण गराएका जिल्ला भलिबल संघका अध्यक्ष घिमिरेकाे पहिलाे पाेष्टले जिल्लाका क्रियाशिल पत्रकारहरुकाे चित्त दुखाई सहि नै हाे । किनकी याे आयाेजनाकाे समाचार प्राय सवै पत्रकारहरुले आफु आवद्ध सञ्चार माध्यमहरुमा प्रकाशन गरेकै थिए । स्थानयीय सञ्चार माध्ययममा पनि प्राथमिकता दिएकै थिए । यत्ति हुँदाहुँदै त्यस्ताे पाेष्ट गर्ने र पाेष्टकै कारण गाली खानु पर्ने अवस्थाआएपछि असन्तुष्टि ब्यक्त गर्न जायज नै हाे ।

पछि सम्पादन भएकाे स्टाटसकाे विषयमा

पत्रिकाकाे सम्पादनकाे अन्तिम अधिकार सम्पादकलाई नै हुन्छ । के प्रकाशन गर्ने, के नगर्ने उसैकाे अधिकारकाे कुरा हाे । तर ईतिहासमै पहिलाे पटक आयाेजना भएकाे याे स्तरकाे आयाेजनाकाे समाचार कुनै पृष्ठमा समेत समावेश नगर्नु वा प्राथमिकतामा नपर्नु दुखद् नै हाे । यत्तिकाे आयाेजनाकाे समाचार मुख्य पृष्ठमा आउनु पर्थ्याे, आएन । किन र के कारणले आएन त्याे सम्पादकीय टाेलीलाई नै थाहा हाेला । स्थानीय पत्रिकामा यत्तिकाे आयाेजनाकाे समाचार आउनु पर्थ्याे भनेर प्रतिकृया जनाउनु आयाेजककाे काेणबाट सहि नै हाे ।

त्यसाे भए अन्य पत्रकारहरु किन रिसाउनु ?

पत्रकारीता पेशामा समाचार लेख्नुलाई हतारकाे साहित्य भनिन्छ । हतारमा लेख्दै जाँदा कहिलेकाहि त्रुटि पनि हुन जान्छ तर सच्याउँदै पनि जानुपर्छ । याे पेशा अन्य भन्दा अलि बढि बिवादित पनि हुने पेशा हाे, कारण जनचाहना बढि नै हुन्छ । जस्तै कुनै विषयकाे समाचार लेख्याे काेहि रिसाईरहने र त्यहि विषयमा काेहि खुसि भईरहने हुन्छन् ।

यस पटक भलिबल संघका अध्यक्ष घिमिरेकाे अघिल्लाे पाेष्टले सवै पत्रकारहरुले गाली नै गाली खाए । जिल्लाका सक्रिय पत्रकारहरु मध्ये ८० प्रतिशत फिल्डमा नै पुगेर समाचार कभर गर्दा पनि गाली खानु परेपछि बिच्किएका हुन् पत्रकारहरु । पछि फेसबुक पाेष्ट सम्पादन भए पनि गालीवाला पाेष्ट (अरुले) तथा कमेन्टहरु आउन छाेडेन । याे बिवादलाई सुल्झाउनु पर्नेमा अझ भलिबल संघकाे विज्ञप्ति नै आएपछि अति तल्लाे स्तरकाे अपमानजनक गाली आउनु थाल्याे की संसारकै सवैभन्दा काम नलाग्ने भनेकै पत्रकारहरु हुन् । पत्रकारहरु रिसाउनुकाे मुल कारण यहिँ नै हाे ।

अब के गर्ने ?

सामान्य विषयमा केहि ब्यक्तिबाट सुरु भएकाे याे बिवादकाे कारण सम्पूर्ण सङ्खुवासभालीले क्षति वा असर भाेग्नु हुँदैन । यसरी बिवाद गरिरहे देश विदेशबाट आफ्नाे दुखकाे कमाई पठाएर सम्पन्न भएकाे आयाेजनाकाे के अर्थ ? तसर्थ तत्काल दुवै पक्ष बसेर हालसम्म भएका त्रुटीहरुकाे समिक्षा गरेर प्रायश्चित गरि अगाडी बढ्नु पर्छ । ब्यक्तिगत ईगाेकाे कारणले सारालाई बिवादित बनाउनु हुन्न । जे जत्ति बिवाद भयाे यसलाई यहिँ नै थाती राखेर दुवै पक्ष बसेर छलफलमा जुटिहाल्नु पर्छ । याे छलफलकाे संयाेजन काेहि न काेहिले थाल्नै पर्छ । बिवादमा रहेकाे दुई पक्ष मध्यकै जाे काेहिले हाेस या तेश्राे पक्षले । नत्र यस्ताे बिवादले कसैलाई फाईदा पुर्याउँदैन ।

सम्बन्धित समाचार