चिचिलामा चैत २५ बाट खुल्ला पुरुष फुटबल प्रतियाेगिता हुदै



खाँदबारी । चिचिला गाउँपालिकामा यहि चैत्र २५ बाट खुल्ला पुरुष फुटबल प्रतियाेगिता हुने भएकाे छ । गाउँपालिका खेलकुद विकास समितिकाे आयाेजनामा चिचिला बजार स्थित पञ्चकन्य आधारभुत विद्यालयकाे खेलमैदानमा प्रतियाेगिता हुन लागेकाे हाे ।

प्रतियाेगिताकाे विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियाेगिताकाे सेमिफाईनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले प्रति टिम मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गाेल रक्षक, सर्वाधिक गाेलकर्ता र अनुशासित खेलाडीलाई जनहि २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । सात गुणा सातकाे खेलमैदानमा खेलाईने उक्त प्रतियाेगितामा ब्यवस्थापक सहित ११ जनाकाे टिम हुनु पर्नेछ । टिम दर्ता प्रति टिम ५ हजार रुपैयाँ ताकिएकाे छ ।

प्रतियाेगिताकाे समापनकाे दिन बैशाख १ गते साँस्कृतिक नृत्य प्रतियाेगिताकाे समेत आयाेजना गरिनेछ । लाेक साँस्कृतिक गितमा सामुहिक नृत्यलाई मात्र प्रतियाेगितामा समावेश गराईने आयाेजक चिचिला खेलकुद विकास समितिका अध्यक्ष प्रदिप गुरुङले जानकारी दिनुभयाे ।

लाेक साँस्कृतिक नृत्य प्रतियाेगितामा पहिलाे हुनेले नगद १५ हजार रुपैयाँ, दाेश्राे हुनेले १० हजार, तेश्राे हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् । कार्यक्रम बैशाख १ गते साँझ समापन हुनेछ ।

सम्बन्धित समाचार