कलुङ समाज दक्षिण काेरियाले कुलुङ भाषिक गीत लेखन प्रतियाेगिता गर्दै



खाँदबारी । दक्षिण काेरियामा कार्यरत कुलुङ समुदायकाे संस्था किराँत कुलुङ समाज दक्षिण काेरियाले कुलुङ भाषाकाे गीत लेखन प्रतियाेगिता घाेषणा गरेकाे छ । किराँती पर्व उभाैलीकाे अवसरमा गीत लेखन प्रतियाेगिता सञ्चालन गर्ने घाेषणा गरेकाे हाे ।

रचनाकारहरुले लेखेकाे गीतकाे शब्द एक प्रति र साे गीत वाचन गरिएकाे भिडियाे ईमेल वा वाट्स एपबाट आयाेजकलाई पठाउनु पर्नेछ । आयाेजककाे फेसबुकमा राखिएकाे गीतकाे भिडियाेमा दर्शकले दिएकाे मतलाई पनि मान्यता दिने गरि तयारी गरिएकाे कुलुङ समाज दक्षिण काेरियाका अध्यक्ष मानुहाङ किराँतीले जानकारी दिनुभयाे । दर्शकले दिएकाे भ्युजलाई ३० पुर्णाङ्क र बाँकी ७० प्रतिशत निर्णायकहरुकाे मुल्याङ्कनकाे आधारमा नतिजा तयार गरिने अध्यक्ष किराँतीले जानकारी दिनुभयाे । गीत २०८१ असार १८ गतेसम्ममा पठाईसक्नु पर्नेछ ।

कुलुङ भाषा बाेल्न र लेख्न सक्ने जाे काेहिले पनि प्रतियाेगितामा भाग लिन पाउँनेछन् । प्रतियाेगितामा कुलुङ जातिकाे मिथक र संस्कृतिमा आधारित गीतलाई प्राथमिकता दिईने समाजका सचिव कृष्ण कुलुङले जानकारी दिनुभयाे । सर्वाेत्कृष्ठ भएकाे गीतलाई रेकर्ड गरि श्रब्यदृश्यकाे रुपमा दर्शक श्राेतासम्म पुर्याईने उहाँले जानकारी दिनुभयाे ।

प्रतियाेगीतामा पहिलाे हुनेले प्रमाणपत्र सहित नगद ५० हजार, दाेश्राे हुनेले ३० हजार, तेश्राे हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कार काठ्माण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरि वितरण गरिने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित समाचार