भोजपुरमा गाह्रोले किच्दा एक जनाकाे मृत्यु



भोजपुर / भोजपुरमा बर्षाको कारण घरकाे गाह्रोले किच्दा एक जनाकाे मृत्यु भएको छ । भोजपुरकाे रामप्रसाद राई गाउँपालिका-७ बासिखोराका ६६ बर्षिय जगत बहादुर राईको आफ्नै मृत्यु भएको हाे । २५ गते देखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो। राई घरमा एक्लै बस्दै आएका र २५ गते राती उनको मृत्यु भएको भनि स्थानियले ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर
गरेका थिए ।

सम्बन्धित समाचार