शोकमा महाकुलुङ: सवारी दुर्घटनामा ३ जनाको मृत्यू, ६ जना घाईते



शुक्रबार । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । विहीबार साँझ भएको दुर्घटनामा मृतक तथा घाइतेहरू सबै महाकुलुङ गाउँपालिकाकै रहेको खुलेको छ ।

विहीबार साँझ जिल्लाको महाकुलुङ गाउँपालिकाका लागि माप्य दुधकोशी गाउँपालिकाबाट छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को भिरकुनामा दुर्घटना भएको थियो । उक्त गाडीमा सवारी चालक सहित अन्य सबै महाकुलुङ गाउँपालिकाकै बासिन्दा रहेको खुलेको हो ।

ब्रेक फेल भएर दुर्घटना भएको बोलेरो गाडी सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको थियो । जीपमा सवार ११ मध्ये ३ जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्कामकी १६ वर्षिय हवी राई, सोही ठाउकी २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहुनेहरुमा माहकुलुङ ३ का ३२ वर्षिय श्रीध्वज राई, ४ की १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, १० वर्षीय उमेश राई र सजना राई रहेका छन् । जिपमा सवार ११ जना मध्ये २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका अनुसार घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..