अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ



झापा, मोरङ, तनहुँ, सर्लाही, चितवन र मकवानपुरमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।
मेचीपुल, चारआली चोक, र विभिन्न स्थानहरूमा ब्राउनसुगर, हेरोइन, गाँजा र ट्रामाडोल जस्ता लागुऔषध बरामद भयो।
प्रहरीले विभिन्न स्थानमा छापा मारेर लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम ९ सय ३० मिलिग्रामसहित दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही नगरपालिका–३ बाहुनडाँगी धरधरे बस्ने ३० वर्षीय प्रशान्त सेन्चुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले प्र.१-०१-०१७ प ००६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २८ वर्षीय सुशान्त पोखरेल र सोही महानगरपालिका-९ बस्ने ३८ वर्षीय चेवन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको व्यास नगरपालिका–४ भृकुटी मार्गबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अटल तामाङ, २१ वर्षीय रोहित गुरूङ सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय संगम थुङसिङ र २२ वर्षीय अर्जुन थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अटलको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सर्लाहीको धनकौल गाउँपालिका-४ हरकठवा नयाँटोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ४ सय २० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने ३१ वर्षीय आकास प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय हकठवाबाट खटिएको प्रहरीले बिआर ३० आर २९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका(२ सिनेमा रोडबाट नियन्त्रित लागूऔषध प्रोमेथिन ८० ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका-८ बस्ने २३ वर्षीया चन्दना परियार र काठमाडौं धापासी बस्ने २३ वर्षीया पवित्रा खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २० वर्षीय सतिश मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १०९४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..