पाठेघरकाे नलिमा बसेको गर्भको खाँदबारी अस्पतालमा सफल शल्यक्रिया



संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा पहिलोपटक नलिमा बसेको गर्भको जटिल शल्यक्रिया गरिएको छ।

भोटखोला ४ की ३७ वर्षीया याङजेन भोटे आइतबार बिहान करिब साढे ११ बजे तल्लो पेटमा पीडा भएपछि इमरजेन्सी कक्षमा भर्ना  हुनुभएकाे थियाे । अल्ट्रासाउन्ड जाँचमा उहाँको ६ हप्ता ४ दिनको गर्भ पाठेघरमा नभई बायाँतर्फको नलिमा बसेको पुष्टी भएको थियो ।

जोखिम देखिएपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सन्तोष साहको नेतृत्वमा डा. प्रियांका दाहाल र डा. प्रदीप श्रीवालको टोलीले सफल शल्यक्रिया गरेको थियो । समयमै शल्यक्रिया नगरिएको भए बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने उपचारमा सम्लग्न चिकित्सक सन्तोष साहले बताउनुभयो ।

‘अपरेसन गर्ने बेला बिरामीको पेटभित्र करिब साढे १ लिटर जति रगत जमेको थियो, उहाँले भन्नुभयो, सही समयमा उपचार भएकाले उनको ज्यान बचाउन सजिलो भयो।’ संखुवासभा अस्पतालमा गरिएको यो सफल शल्यक्रियाले जटिल प्रसूति स्वास्थ्य सेवामा स्थानीयस्तरमै भरोसा बढाएको आपतालका निमित्त प्रमुख डा. विकाश आचर्यले बताउनुभयो ।

संखुवासभामा वार्षिक १५ सय बढी सुत्केरी हुने गरेको जिल्ला अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..