मकालु बेस क्याम्प घुम्न पुगेका कार्कीको निधन



सङ्खुवासभा । मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला प्रहरीका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीले बुधबार हेली एभरेष्टको सहयोगमा बेस क्याम्प नजिकैबाट कार्कीको शव उद्धार गरेको थियो ।

प्रारम्भिक अनुमान अनुसार कार्कीलाई लेक लागेर स्वास्थ्य जटिलता उत्पन्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्धारपछि कार्कीको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट पठाइएको छ ।

मकालु क्षेत्रमा पछिल्ला दिनहरूमा पर्यटक तथा पदयात्रीहरूको आवागमन बढेसँगै यस्ता आकस्मिक घटनाले सुरक्षात्मक सावधानीमा अझ ध्यान दिन आवश्यक रहेको प्रहरी प्रमुख डिएसपी मैनालीले बताउनुभयो ।
गोरखापत्रबाट साभार

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..