मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई



खाँदबारी । यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

पोखरेल संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जन्मीनुभएकाे थियाे । वरिष्ठ पत्रकार पोखरेलले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा समर्पित गर्नुभएकाे छ । संखुवासभा खाँदबारी–१ निवासी समाजसेवी स्व.रामबहादुर श्रेष्ठको समामाजिक विकास प्रतिको दृष्टिकोण र उहाँकाे समाज प्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक बर्ष संखुवासभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरीदै आएको संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशनका अध्यक्ष शंकर खनालले बताउनुभयाे ।

पिता डिल्लीराम र माता हिरादेवी पोखरेलका सुपुत्रका रुपमा २०१२ सालमा जन्मीनुभएका पोखरेल गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकार समेत भईसक्नुभएकाे छ । उहाँले दृष्टि साप्ताहिक, कान्तिपुर मिडिया ग्रुप, श्रीसगरमाथा, सगरमाथा रेडियो र स्पेशटाईम दैनिक जस्ता महत्वपूर्ण सञ्चार माध्यममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरी सक्नुभएकाे छ । उहाँकाे लेख, रचना अहिले पनि बिभिन्न सञ्चार माध्यममा प्रकाशित हुने गरेकाे छ । लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक अध्यक्षसमेत रहि सक्नुभएका रामबहादुर र श्रीमती मनमाया श्रेष्ठको नाममा स्थापीत मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभा– काठमाडौ जर्नालिष्ट एशोसिएसनले काठमाडौमा एक कार्यक्रम गरी प्रदान गर्ने छ । यस अघि यो पुरस्कारको राशि २५ हजार थियो भने अहिले बढाएर ५० हजार पु¥याइएको छ ।

यस अघि यो पुरस्कारबाट संखुवासभाका पत्रकार गंगा बिष्ट, इन्द्र गिरी, दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, नविन गुरुङ, प्रेमप्रसाद निरौला, मत्रिकाप्रसाद तिम्सिना, भोला गौली, ज्ञान उदाशलाई सम्मानित गरिसकीएको छ । प्रत्येक बर्ष स्व. रामबहादुर श्रेष्ठको स्मृति दिवसको सम्झना स्वरुप उक्त दिन यो पुरस्कार प्रदान गरीने गरीएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..