सफल हुँदै ‘पाईला सफलताको १५ सय अभियान’



खाँदबारी । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले बाल गिति एल्बम निर्माण गर्दै गर्दा आर्थिक अभावका कारण सुरु गरिएको १५०० जना रु. १०० अभियान सफल हुँदै गरेको छ । जिल्ला बाल क्लब समन्वय समितिको अध्यक्ष खेवाहाङ मेवाहाङका अनुसार जिल्ला बाल क्लब समन्वय समितिको आर्थिक अवस्था शुन्य हुँदा सुरु गरेको करिब ४ लाखको कार्यक्रममा अहिले सम्म १ लाख ५० हजार खर्च भई सकेको छ ।

स्थानीय स्तरका बालकालिका र बालबालिका क्षेत्रमा कार्य गर्नेको साथको अपेक्षा गर्दै उनले यो एल्बम गीत गाउन इच्छुक बालबालिकाको साँगितिक यात्रा प्रारम्भ गर्ने अवसर प्राप्त गरेको र अरु बालबालिकाले पनि हामीले गर्न सकिने रहेछ भन्ने भान दिलाउन यस कार्यले सफल बनाउने छ ।

अब १ लाख ५० हजार रकम जम्मा गर्न हाल सुरु गरेको १५० जना १०० रुपियाँ अभियानमा हाल सम्म करिब ३५० जना पुगि सकेको छ । यसरी नै निरन्तर अभियान सञ्चालित छन् । संखुवासभा चैनपुरमा घर भई हाल मलेसियामा कार्यरत भिम न्यौपाने फेसबुक मार्फत भन्छन्ः हामीले हाम्रा बालबालिकाको निम्ति कार्य गर्ने अवसर मलेसियामा रहेर नि गर्न पाएका छौं, यो हाम्रो खुसीको कुरा हो । उनको यहि कुरामा चैनपुर घर भई विराटनगर कार्य क्षेत्र बनाएका गणेश कार्कीले हामी पनि बालबालिका क्षेत्रमा फेसबुक मार्फत नै भए पनि कार्य गर्ने अवसर पाएका छौं । यसरी धेरै जनाले सहयोग गरिरहेका छन् ।

हाल कतारमा रहेका खाँदबारी राम्चेका मनोज कार्कीले समेत बालक्लब समन्वय समितिलाई हौसला दिंदै भनेः म मेरै तर्फबाट नि २०० जनाको सहयोग गर्छु काम सकिन्छ ढुक्क हुनु । जिल्ला बालक्लब समनवय समितिले यस एल्बम सम्पन्न गर्नको लागि आर्थिक बोझ धेरै भए पनि सबैको हौसलाले काम गर्न सहज भएको बताएका छन् ।

जिल्ला बालक्लब समन्वय समिति संखुवासभाको बाल गीति प्रतिभाको प्रस्फुटनको लागि निर्माण हुने बाल गीति एल्बम् पाइला सफलताको निर्माण कार्यमा आर्थिक सहयोग गर्नको चाहनेको जिल्ला बालक्ल्ब समन्वय समिती, संखुवासभाको नाममा राष्ट्रिय वाणिज्य बैंक खादबारी शाखामा रहेको हिसाब नम्बर २०८०००४६०६०१ मा जम्मा गरि दिन अनुरोध गरेका छन् ।

एल्बमका लागि छनौट भएका बालकलारहरु किन्जन अधिकारी, युनिक कुलुङ, नविन शंकर, उत्तर कुमार तामाङ, सुजिता पोखरेल र नवराज कुलुङको स्वर समावेश हुने छ वटा गीतहरुको संग्रह पाइला सफलताको चाँडै बजारमा आउने भएको छ ।

सम्बन्धित समाचार