नेपाल आइडलबाट बाहिरिएपछि प्रतापले ल्याए यस्तो गित (भिडियो सहित)



गायक तथा नेपाल आइडल प्रतियोगी समेत रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन् । गीत शुक्रबार भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो ।

‘तिमी थियौ बोलको गीत’मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ । यस्तै भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेत फिचरिङमा छन् । लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए भने यसअघि उनि नेपाली तारा सिजन ३ का बिजेता समेत हुन् ।

सान थापाको निर्देशनमा बनेको भिडियोमा सुप्रिम पराजुलीलको सम्पादन तथा कलर , मिलन शंकरको छायांकन , ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप समाबेस छ ।

सम्बन्धित समाचार