मेयर गोल्डकप अपडेटः आयोजक चैनपुर नगरपालिका सेमी फाईनलमा प्रवेश




सङ्खुवासभा, बैशाख १७ गते । चैनपुरमा जारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा बेलाका नगरपालिका उदयपुरलाई हराउँदै आयोजक चैनपुर नगरपालिका सेमि फाईनलमा प्रवेश गरेको छ । उदयपुरलाई ३–१ गोल अन्तरले हराउँदै आयोजक चैनपुर सेमि फाईनलमा प्रवेश गरेको हो ।

चैनपुर नगरपालिले भोजपरको षडानन्द नगरपालिकालाई १२–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटर फाईनल प्रवेश गरेको थियो । बेलाका भने बाई पाएर क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

आजै भएको मादी नगरपालिका सङ्खुवासभा र म्याङ्लुङ नगरपालिका तेह्रथुम विचको खेलमा म्याङ्लुङले मादीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । म्याङलुङ विजेता भएसँगै क्वाटर फाईनलमा प्रवेश गरेको छ । अब म्याङलुङ उर्लाबारी मोरङसँग खेल्नु पर्नेछ ।

मंगलबारको पहिलो खेल भने पाँचखपन नगरपालिका सङ्खुवासभा र दुहवी नगरपालिका सुनसरी विच हुनेछ । दोश्रो खेल खाँदबारी नगरपालिका सङ्खुवासभा र धनकुटा विच हुने छ । खाँदबारी नगरपालिकाले बाई पाएर क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

सम्बन्धित समाचार