गृहमन्त्री थापा आज सङ्खुवासभा आउदै




सङ्खुवासभा, जेठ १९ गते । गृहमन्त्री रामबहादुर थापा सनिबार सङ्खुवासभा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको नव निर्मित भवन उद्घाटन गर्न गृहमन्त्री थापा सङ्खुवासभा आउने भएका हुन् ।

भवन उद्घाटन सँगै जिल्लाका राजनितिक दल, ब्यावसायी र पत्रकारहरुसँग छलफल कार्यक्रम समेत रहेको छ । उक्त छलफलपछि राजनितिक नेता तथा कार्यकर्ताहरुको भेटघाट गर्ने कार्यक्रम समेत तय भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

सनिबार दिउँसो एक बजे प्रसासन कार्यालयको भवन उद्घाटन गरिने, दुई बजे सरोकारवालाहरुसँगको छलफल र तीन बजे नेता कार्यकर्ताहरुसँगको भेटघाटपछि सोही दिन काठ्माण्डौ फर्किने कार्य तालिका रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार