देशद्रोही कसैलाई नछोड्ने गृहमन्त्री थापाको भनाई, संखुवासभाका ठेकेदारहरु पनि निगरानीमा




सङ्खुवासभा, जेठ १९ गते । समृद्ध नेपाल निर्माण अभियानमा असहयोग गर्ने कसैलाई पनि नछोड्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । जिल्ला प्रसासन कार्यालय सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्न खाँदबारी आईपुग्नुभएका मन्त्री थापाले यस्तो बताएका हुन् ।

यस अघि राजनितिक अस्थितरता रहेकोले देशमा तस्कर र ठगहरुको बिगविगी बढेकोले देशमा विकास हुन नसकेको बताउनुभयो । विकासको नाममा ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई तत्काल कारबाही गरिने यहाँले जानकारी दिनुभयो । देश विकासमा बाधा हाल्ने कर्मचारी, प्रशासक वा ठेकेदारहरु माथी कठोर कदम उठाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभाका सदस्य राजेन्द्र गौतमले जिल्लाका समस्या र काम नगर्ने ठेकेदारहरुको बारेमा जानकारी दिनुभएको थियो । ठेकेदारको लापरबाहीले संखुवासभाको प्रवेश मार्ग लामो समयदेखि अवरुद्ध रहेको जानकारी दिनुभएको थियो । जिल्लाका संयन्त्रहरुले जती झक्झकाएपनि ठेकेदार कम्पनीहरुले बेवास्ता गरेको सांसद गौतमले बताउनुभएको थियो ।

सांसद गौतमको मागलाई सम्बोधन गर्नुहुँदै मन्त्री थापाले काम नगर्ने ठेकेदारहरु माथी निगरानी बढाउने बताउनुभयो । काम नगर्ने ठेकेदारहरुको सुचि तयार पारेर मन्त्रालयमा पठाउन समेत उहाँले निर्देशन दिनुभयो ।

मन्त्री थापाको आगमनमा जिल्ला समन्वय समितिले पनि एक कार्यक्रम आयोजना गरि जिल्लाका सुरक्षा संयन्त्र सम्बन्धी माग पत्र पेश गरेका छन् । जिल्लामा निर्माण भईरहेको अरुण तेश्रो, उत्तर दक्षिण राजमार्ग, किमाथाङ्कामा भन्सार लगायतमा सुरक्षा जनशक्ति अत्यावश्यक रहेको भन्दै जिल्ला सम्वय समितिका प्रमुख सुमन शाक्यले माग पत्र पेश गर्नुभएको थियो । मन्त्री थापाले जिल्लाका सुरक्षा स्थीती मजबुद बनाउनको लागि आवश्यक मागहरु सम्बोधन हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार