संखुवासभाका ३१ काम नगर्ने ठेकेदारको नामावली मन्त्रालय पठाईयो



सङ्खुवासभा, जेठ २६ गते । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले निर्धारित समयमा काम नगर्ने र विचैमा काम छोड्ने ३१ ठेकेदार कम्पनीको नाम मन्त्रालय पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि सङ्खुवासभा भित्र काम जिम्मा लिने तर नगर्ने कम्पनीहरुको सुची पेश गरेको हो ।

पेश भएका सुचीमा पुरानादेखि नयाँ कम्पनीहरुको नाम समावेश भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । गृहमन्त्री थापा गत सनिबार खाँदबारी आउनुभएको बेला जिल्ला प्रसासन कार्यालयलाई जिल्लामा काम नगर्ने ठेकेदारहरुको सुचि बुझाउन निर्देशन दिनुभएको थियो । सो लगत्तै विषयगत कार्यालयहरुबाट नाम लिष्ट मागेर मन्त्रालय पठाईएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालय पठाईएको लिष्ट मध्ये केही काम सम्पन्न गर्नेहरुको पनि सुचि पर्न आएकोले अझै एक पटक ‘रिचेक’ गरेर पुनः मन्त्रालय पठाईने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । लापरबाही गर्ने ठेकेदारहरुको नामावली केही दिनमा नै टुङ्गो लगाईने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार