चौथो नरबहादुर विष्णु स्मृति ब्याडमिन्टनको उपाधि भोजपुरलाई




संखुवासभा, असोज १७ –चौथो नरबहादुर, विष्णु कुमारी श्रेष्ठ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि भोजपुरले हात पारेको छ । संखुवासभाको खाँदबारीमा बुधबार भएको फाइनल प्रतियोगितामा संखुवासभालाई हराउँदै भोजपुरले उपाधि जितेको हो ।

बिशाल तामाङ र प्रविण बस्नेतले थमानसिंह गुरुङ र रबिन साउदेनको समूहलाई २१–११, २१–१५ र २१–१८ अंकमा जित दर्ता गरेको हो । गुरुङ र साउदेनले तेसा्रे सेटमा पाएको २१–१८ अंक भने जितका लागि पर्याप्त भएन । जितसंगै भोजपुरले नगद २० हजार मेडल तथा प्रमाण पत्र पा्रप्त गरेको छ भने संखुवासभाले नगद १० हजार मेडल तथा प्रमाण पत्रमा चित्त बुझाएको छ ।

तेस्रो स्थानमा संखुवासभाका दुई समूह विजेता बनेको छ । मोहन कटुवाल, दिपक खड्का र उल्लास विशुंके, सृजल पोख्रेलको समूहले नगद पाँच÷पाँच हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । सर्वोत्कष्ट खेलाडी मोहन कठुवाल र अनुशासित खेलाडीमा रबिन साउदेन घोषित भए । जोगविर स्मृति प्रतिस्ठानको प्रायोजन तथा जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजनामा भएको प्रतियोगिता असोज १४ गते देखि सञ्चालन गरिएको थियो । प्रतियोगितामा संखुवासभा सहित सुनसरी, धनकुटा र भोजपुरका २८ समूहको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार