मानेभञ्ज्याङ गोल्डकपको उपाधी आयोजकलाई



फोटो साभारः भरत घिमिरेको फेसबुकबाट ।

मानेभञ्ज्याङ, कातिक १९ गते । खाँदबारी ३ मानेभञ्ज्याङका मानेभञ्ज्याङ युवा परिचालन समुहको आयोजनामा आज सम्पन्न भएको खेलको उपाधी आयोजकले जितेको छ । प्रतिद्वन्दी सित्तलपाटी युवा क्लवलाई २–१ गोलको अन्तरले पराजीत गर्दै आयोजक आयोजक मानेभञ्ज्याङ युवा परिचालन समुहले उपाधी जितेको हो ।

आयोजकसँग पराजित भएको सित्तलपाटीले उपविजेतामा चित्त बुझाएको छ । विजेता आयोजकले सिल्ड, मेडल, टफी सहित नगद ५१ हजार प्राप्त गरेको छ भने उपविजेता सित्तलपाटीले सिल्ड, मेडल, टफी सहित नगद ३० हजार रुपैयाँ हात पारेको छ । सेमिफाईनलमा पुगेका एड्भान्स क्लव मानेभञ्ज्याङ र पांमा सामुदायिक सेवा केन्द्रले दश दश हजार नगद प्रप्त गरेका छन् ।

आयोजक मानेभञ्ज्याङ युवा परिचालन समुहका पर्शुराम राई उत्कृष्ठ खेलाडी घोषित भएका छन् । त्यस्तै एड्भान्स क्लवका उत्कृष्ट गोल रक्षक संकोच राई घोषित भएका छन् भने सर्वाधिक गोलकर्ता सित्तलपाटी युथ क्लवमा खेलाडी प्रताप राई घोषित भएका । सर्वाधिक खेलाडीले नगद ५ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाएका छन् । उत्कृष्ट गोल रक्षकले पाँच हजार नगद, मेडल र प्रमाण पत्र पाईएका छन भने सर्वाधिक गोल कर्ताले २ हजार पाँच सय नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । तीनै जनालाई टफी समेत प्रदान गरिएको छ ।

सम्बन्धित समाचार