पौष पहिलो सातादेखि पांमा कप फुटबल प्रतियोगिता हुने



संखुवासभा, मंसिर १७ गते । पौष पहिलो सातादेखि तेश्रो पांमा कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । पांमा सामुदायिक सेवा केन्द्र खाँदबारीको आयोजनामा पौष ४ गतेदेखि भगिवन्त रंगशाला खाँदबारी ४ गैरी पांमामा हुने भएको हो ।

प्रतियोगितामा संखुवासभा र जिल्ला बाहिरका करिब २ दर्जन फुटबल क्लवहरुको सहभागिता रहने अपेक्षा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले एक लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलमा प्रवेश गर्ने दुवै टिमले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३,३ हजार नगद प्राप्त गर्नेछन् । उनीहरुले नगदको साथमा टफी पनि प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सरोज राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार