विद्यार्थीबाटै थुनिए क्याम्पस प्रमुख



धनुषा । जनकपुरमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस प्रमुखसहित तीन जनालाई विद्यार्थीले थुनेका छन् ।

राष्ट्रिय जनता पार्टी निकटको विद्यार्थी संगठन र नेपाली कांग्रेस निकटको विद्यार्थी संघ नेविसंघमा आवद्ध विद्यार्थीले क्याम्पस व्यवस्थित नभएको आरोप लगाउँदै प्रमुख विजयलाल दास सहायक प्रमुख विरेन्द्र यादव, विज्ञान विभाग प्रमुख राकेशरञ्जन सिंहलाई कार्यकक्षमै दिउँसो १ बजेदेखि थुनेका हुन् ।

विद्यार्थीले क्याम्पसमा पठनपाठन नभएको, शौचालयको उचित व्यवस्था नभएको खानेपानी र कक्षाकोठा व्यवस्थित नभएको आरोप लगाएका छन् । माग पटपटक प्रशासनसमक्ष राख्दा पनि सुनुवाई नभएपछि क्याम्पस प्रमुखलाई थुन्नुपरेको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीबाट थुनिएका क्याम्पस प्रमुख दासले भने समस्या समाधानको पहल भइरहेको बताउनुभयो । उहाँले समस्या दुई पक्षबीच छलफल गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित समाचार