पुस १ गतेबाट प्रदेश १ मा चार घण्टा टिपर चलाउन नपाईने



मोरङ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश १ का १४ जिल्लामा पिक आवरमा गुड्न बन्देज लगाइने भएको छ । टिपरका राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाउने भएको हो ।

‘प्रदेश १ का १४ वटै जिल्लामा नियम लागू हुने छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले भने, ‘तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको हो ।’ पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइने छ ।

रोक लगाइएको समयमा टिपर चलाए कारवाहीको दाहेरामा ल्याउने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । ‘प्रदेश १ का सबै जिल्ला सुरक्षा समितिहरुमा निर्णय भैसकेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले निर्णय कार्यन्यन गर्ने हो ।’

सम्बन्धित समाचार