पिलुवाखोलामा टेम्पो दुर्घटना, तीन जना घाईते



चैनपुर, मंसिर १८ गते । चैनपुर नगरपालीका ७ पिलुवाबाट चैनपुर बजार आउने क्रममा टेम्पो दुर्घटना भएको छ । को २ ह ४१३३ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु घाईते भएका छन् ।

घाईते हुनेहरुमा चैनपुर नगरपालिका ७ का तिर्थ खड्का, सुस्मीता राई र मिना श्रेष्ठ रहेका छन् । घाईते हुनेहरु मध्ये तिर्थ खड्काको अवस्था गम्भिर रहेको छ । उहाँको थप उपचारको लागि विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

सामान्य घाईते भएका टेम्पो चालक खेम प्रसाद ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार