धरानमा साथीलाई गोली हान्ने ५ जना सार्वजनिक



तस्बिर साभारः पुर्वेली न्युज ।

धरान । शिकार खेल्ने क्रममा आफ्नै साथीलाई गोली हान्ने ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा धरान १७ उदय टोलका कमल गुरुङ, हेमन राई, आबिश्कार लिम्बु, मोहन बराईली र सन्जेल राई रहेका छन् । दश दिन अगाडि आफ्नै साथी धरान १७ उदय टोलका आशिष ठटाललाई शिकार खेल्न गएको बेला बदेल भनेर भरुवा बन्दुक हान्दा ठटालको घट्ना स्थलमै मृत्यु भएको थियो ।

प्रक्राउ परेका चारजनालाई प्रहरीले धरानबाटै प्रक्राउ गरेको थियो भने सञ्जेल राईलाई भने धनकुटाको छिन्ताङ्गबाट प्रक्राउ गरिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए । मंसिर ८ गते विहान ३ बजे आशिषसँगै शिकार खेल्न गएका उनीहरुले बदेल भनी गोली प्रहार गर्दा आशिषको घट्ना स्थलमै मृत्यु भएको थियो ।

मृत्यु भएपछि उनीहरुले घट्ना स्थलमै खाल्डो खनी गाडिएको अवस्थामा शव फेला परेको डिएसपी तिम्सिनाले बताए । डिएसपी तिम्सिनाका अनुसार भाई आशिष हराएपछि कतै खोजी गर्दा पनि फेला नपरेपछि दाजु आमोश ठटालले मंसिर १३ गते भाइको खोजतालस गरी पाउ भनी उजुरी दिएका थिए । उजुरी परिसकेपछि उनकै साथी कमल गुरुङलाई प्रक्राउ गरी सोधपुद्ध गर्ने क्रममा बदेल भनेर झुक्किएर गोली लागेको र आशिषको घटना स्थलमै मृत्यु भएको खुलेको डिएसपी तिम्सिनाले बताए ।

कमलको बयान अनुसार खोजी गर्दा खाल्डो खनेर हेर्दा लास फेला परेको उनको भनाई छ । उनले कमलले देखाएको स्थानमा खन्दा आशिषको लाश फेला परेको बताए । घट्नामा संलग्नहरुबाट लुकाई राखेको दुई थान बन्दुक समेत प्रहरीले फेला परेको छ । डिएसपी तिम्सिनाका एक थान बन्दुक जंगलबाट र एक थान कमलको घर नजिकै लुकाएको अवस्थामा वरामद गरिएको थियो । उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाइएको डिएसपी तिम्सिनाले बताउनुभयो ।

सम्बन्धित समाचार