प्रदेश १ ले तत्कालै महिला मन्त्री पाउँछः मुख्यमन्त्री राई



इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताउनुभएको छ । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उहाँले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभयो ।

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा आज इलामको माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिनुभयो ।

“हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं”, उहाँले भन्नुभयो, “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।”

योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताउनुभयो । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

सम्बन्धित समाचार