झाँडीमा भेटियो बच्चा



जनकपुर । प्रदेश २ सरकारले बेटी बचाऊ, बेटी पढाऊ अभियान चलाइरहेको बेला जनकपुर बेवारिसे शिशु फेला परेको छ। जनकपुर उपमहानगरपालिका ७ स्थित जानकी नगरको पतंजली योग साधना केन्द्रको उत्तरमा रहेको झ्याङमा मंगलबार साँझ अन्दाजी ४-५ दिनको शिशु फेला परेको हो।

स्थानीयले चिच्याइरहेको अवस्थामा बच्चा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनको उद्धार गरेर हाल जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ।

झ्याङमा फालिएको अवस्थामा भेटिएको शिशुको उपचार भइरहेको र हाल उनको अवस्था सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। अनैतिक सम्बन्धबाट छोरी जन्मेपछि फालेको हुन सक्ने प्रहरीको अनुमान छ।

सम्बन्धित समाचार