‘आची खाऊ’ गीत सार्वजनिक (भिडियोसहित)



इटहरी । समाजका कुरीतिलाई गीतमार्फत् व्यङ्ग्य गर्न सिपालु गायक प्रकाश पौडेल आफ्नो नयाँ एल्बम ‘आची’ आलु चिउरा खाऊ लिएर साङ्गीतिक बजारमा आएका छन् । बुढासुब्बा म्युजिक प्रालिको युट्युब च्यानलबाट शुक्रबार यो गीत सार्वजनिक भएको छ ।

सञ्चारकर्मी गोपाल दाहालको शब्द, दीपराज न्योङहाङको सङ्गीत रहेको गीतामा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ । मोटोपन घटाउने विषयको व्यङ्ग्य भावलाई गीतमा उतारिएको गायक पौडेलले बताए । युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायाङ्कन तथा प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुवर्ण पाख्रीन, एस्तर तामाङ, विराट अनुपम, नवीन विशाल लगायतकोे अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

सम्बन्धित समाचार