शिसुको शब सहित एक महिला पक्राउ



खाँदबारी । खाँदबारी ६ मयमबाट मृत्तक शिसुको शब सहित एक महिला प्रहरीले पक्राउ गरेको छ । अबैध सम्बन्धबाट जन्मिएको शिसुको शव सहित खाँदबारी ६ का ३७ बर्षिय एक महिलालाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।

राईको श्रीमान १७ महिना अघि वितेको थियो । राईले बच्चा पाएको र मारेर फाल्न लागेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बच्चाको शब र सहित महिलालाई पक्राउ गरेको हो । सालनाल सहितको बच्चाको शब डोकोमा राखिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिसुको शव पोष्ट मार्टमको लागि खाँदबारी अस्पतालमा राखिएको छ भने पक्राउ परेका महिलाको पनि खाँदबारी अस्पतालमा उपचार भईरहेको छ । महिलाले आफै मारेको वा मरेको भन्ने टुंगो नलागेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारु मगरले बताउनुभयो । यसको यकिन पोष्ट मार्टमको रिपोट आएपछि हुने उहाँको भनाई छ ।

सम्बन्धित समाचार