पांमा कपको तयारी पुरा, १६ टिम सहभागी हुने



संखुवासभा । पांमा सामुदायिक क्लवको आयोजनामा बुधबारदेखि सुरु हुने तेश्रो पाङ्मा कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । भोली दिउँसो औपचारीक उद्घाटन हुने प्रतियोगिताको मञ्च, खेलमैदान, टिम दर्ता लगायतका सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

पुष ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सङ्खुवासभा भित्रका १६ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । अन्य जिल्लाको टिमको सहभागिता नरहेपनि बाहिर जिल्लाका खेलाडीहरुको उल्लेख्य सहभागिता रहने बताईएको छ । खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले उद्घाटन गर्ने प्रतियोगिताको समापनमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत उच्च पदाधीकारीहरुको उपस्थीति रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलमा प्रवेश गर्ने दुवै टिमले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वा्धिक गोलकर्ताले जनही ३,३ हजार नगद प्राप्त गर्नेछन् । उनीहरुले नगदको साथमा टफी पनि प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सरोज राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार