प्रदेश १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने



काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ ९एन्फा० बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रदेश एक ‘मुख्यमन्त्री कप प्रदेश एक लिग फुटबल प्रतियोगिता’ र ‘अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता प्रदेश एक’ हुनेछ ।

प्रदेश एक सरकारले ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ सञ्चालन गर्न एन्फालाई पाँच वर्षसम्म प्रतिवर्ष एक करोड रुपैयाँ प्रदान गर्नेछ । यो सम्झौता २०७५ देखि २०७९ सालसम्म रहने एन्फाले जानकारी दिएको छ । यो प्रतियोगितामा प्रदेश एकमा आबद्ध १४ वटा जिल्ला फुटबल टिमले भाग लिने छन् । यो प्रतियोगिताका विजेता र उपविजेता टिमले अन्तर प्रदेश (एन्फा प्रेसिडेन्ट) कपमा भाग लिन पाउने छन् ।

त्यस्तै, प्रदेश एक सरकारकै सहयोगमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ पनि सञ्चालन हुने भएको छ । यो प्रतियोगिताको लागि पनि प्रदेश सरकारले प्रत्येक वर्ष एक करोड रुपैयाँ रकम उपलब्ध गराउने छ । यो प्रतियोगिताको लागि पनि प्रदेश सरकार र एन्फाबीच २०७५ देखि २०७९ सम्मको लागि सम्झौता भएको हो ।

यो प्रतियोगितामा सात वटै प्रदेशका उत्कृष्ट सात टिम, ए डिभिजनका उत्कृष्ट ६ टिम र विदेशी आमन्त्रित तीन टिम गरी कुल १६ टिमले भाग लिने छन् ।

सम्बन्धित समाचार