तेस्रोे पांमा कप फुटबल सुरु, १६ टिमको सहभागिता (भिडियो सहित)




गैरीपांमा । तेस्रोे पांमा कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको आजबाट सुरु भएको छ । पांमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भगिवन्त रंगशाला खाँदबारी–४ गैरी पांमामा फुटबल प्रतियोगिता सुरु भएको हो ।

पांमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सरोजकुमार राईको अध्यक्षता तथा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला स्थीत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा संखुवासभा उत्कृष्ठ १६ क्लवले सहभागीता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक पांमा सामुदायिक सेवा क्लव र एकता परिवार क्लव खाँदबारीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमा गोल रहित बराबरीको खेल खेलेको प्रतियोगिताको दोस्रो हाफको २३ मिनेटमा जर्सी नम्बर १० का सनम भूजेलले पहिलो गोल गरेका थिए । त्यस्तै १४ नम्बर जर्सीले दोश्रो गोल गरेका थिए भने ११ जर्सीले तेश्रो गोल गर्दे जित दिलाएका थिए । भोलिको पहिलो खेल विहान ७.३० बजे पाँचखपन र नयाँ बजार युथ क्लव विच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता पुष ८ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले एक लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलमा प्रवेश गर्ने दुवै टिमले १५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३ र ३ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार