तुसारो र हुस्सुले पांमा कप अवरुद्ध




गैरी पांमा । बुधबारदेखि सुरु भएको तेश्रो पांमा कप फुटबल प्रतियोगितालाई तुसारोले अवरुद्ध बनाएको छ । बाक्लो हुस्सु र तुसारोको कारण विहान ७ः३० बजेबाट सुरु हुने भनिएको खेल १० बज्न लाग्दा समेत सुरु हुन सकेको छैन ।

खेल भईरहेको खाँदबारी ४ गैरीपांमा स्थीत भगिवन्त रंगशालामा एकासी मौसम परिवर्तन भएकोले केही समयको लागि खेल स्थकित गरिएको आयोजकले जनाएको छ । हुस्सु र अत्याधिक जाडोको कारण खेल सञ्चालन गर्न नसकिएको आयोजक पांमा सामुदायिक क्लवका सचिव छत्रमणी काफ्लेले जानाकारी दिनुभयो । यसरी लामो समय तुसारो र हुस्सुले तालिका अनुसार खेल सञ्चालन गर्न समस्या भएको उहाँको भनाई छ ।

आजको पहिलो खेल नयाँ बजार युथ क्लव र पाँचखपन युथ क्लव विच हुने भनिएको थियो । मौसमो कारण खेल सुरु हुन ढिलो भएपछि अन्य खेलहरु पनि निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।

सम्बन्धित समाचार