गोर्खा ट्रैलब्लेजर हङकङमा सिर्जनाले आज प्रतिष्पर्धा गर्दै



काठमाडौं, पुस २८ । गोर्खा ट्रैलब्लेजर – २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई यति बेला हङकङमा छिन । उनले आज धावनमा प्रतिष्पर्धा गर्दै छिन् ।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा आज हुन लागेको १२ र २६ किलोमिटर दूरी मध्ये संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिदै छिन । प्रतियोगितामा ३१ देशका ४ सय जनाले सहभागीता जनाएको आयोजकले जनाएको छ । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् । उनले यस पटक पनि उपाधी जित्ने धेरैले अपक्षा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ पुगेका छन् ।

सम्बन्धित समाचार