हङकङमा सृजना राईलाई गोर्खा ट्रैलब्लेजरको उपाधि




काठमाडौं, २७ पुस । हङकङमा आयोजना भएको क्युनेट गोर्खा ट्रैलब्लेजरमा १८ देखि २४ बर्ष उमेर समुहतर्फ सृजना राई विजेता बनेकी छिन् । आज भएको प्रतियोगितामा राईले २६ कि.मि. दौडमा  सो समुह तर्फको उपाधी जितेकी हुन् ।

खुल्ला महिला तर्फ भने उनी सातौ स्थानमा सिमित भएकी छिन् । राईले  ४ घण्टा ७ मिनेट २१ सेकेण्डमा पूरा गरि उपाधी जितेकी हुन् । प्रतियोगितामा ३१ देशका ४०० बढी सहभागी भएका थिए । राई संखुवासभा जिल्ला सभापोखरी गाउँपालिकाका हुन् । २२ बर्षिय धाविका राईले यस अघि पनि आधादर्जन बढी लामो दुरीका महत्वपुर्ण प्रतियोगिताहरुको उपाधी जितिसकेका छन् । अन्तराष्ट्रिय प्रतिस्पर्धा भने यो पहिलो हो ।

सम्बन्धित समाचार