खाँदबारी मेयर गोल्डकपः यी हुन क्वाटर फाईनलमा पुग्ने टिमहरु




संखुवासभा । खाँदबारीमा जारी खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा आठ टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । आज पहिलो र दोस्रो चरणका खेल सकिएसंगै ८ टिम क्वाटर फाइनल प्रवेश गरेका हन् ।

आज भएको खेलबाट साल्पासिलिछो गाउँपालिका,चैनपुर नगरपालिका, सभापोखरी गाउँपालिका, भोटखोला गाउँपालिका, षडानन्द नगरपालिका, पाँचखपन नगरपालिका, मकालु गाउँपालिका र खाँदबारी नगरपालिकाका क्याटरफाइनलमा प्रवेश गरेका हुन् । आज भएको खेलबाट सिलिचोङ गाउँपालिका, मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चिचिला गाउँपालिका प्रतियोगिताबाट बाहिरिएका छन् । भोलि हुने पहिलो क्वाटर फाइनल खेल साल्पासिलिछो गाउँपालिका र पाँचखपन नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।

खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गिय किरण शाक्यको सम्झनामा जारी खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा संखुवासभाका १० र भोजपुरका दुई स्थानिय तहको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड, पदक र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार नगद प्राप्त गर्नेछ । सेमिफाईनल प्रवेश गर्ने दुवै टिमले जनही ३३ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै, पाँच विधाका उत्कृष्ठ खेलाडीहरुले पनि ट्रफी, पदक र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार