रुकुम पश्चिममा घरबारीमै सुन्तलाखेती,वार्षिक डेढलाख आम्दानी



रुकुम ।  नेपाललाई कृषिप्रदान देशको रुपमा लिइन्छ। तर, यहाँ व्यवसायिकता भन्दा परम्परागत र निर्वाहमुखि खेती गर्नेको संख्या धेरै छ। जसका कारण नै बर्षेनी भारत लगायतका देशबाट ठूलो मात्रामा खाद्यान्न, तरकारी तथा फलफूल आउने गरेको छ।

आफ्नै देशमा अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्न सकिने राम्रो संभावना भए पनि विषादी प्रयोग भएको र बाहिरबाट आयात गरिएको हामी किनेर प्रयोग गरिरहेका छौं। वर्षमा डेढलाख आम्दानी तर रुकुम पश्चिमका दुई दाजुभाइ भने अन्नबाली लगाउने जग्गामा सुन्तलाखेती गरी वर्षेनी राम्रो आम्दानी गरिरहेका छन्।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८, माथेल्लो आमडाँडाका कृषक कविराम ओली र कलिभान ओली ४ वर्षयता व्यावसायिक रुपमै आफ्नो बारीमा सुन्तलाखेती गरिरहेका हुन। उनीहरुले वर्षेनी सुन्तला बिक्रीबाट १ देखि डेढ लाख म्म आम्दानी पनि गर्दै आएका छन्।

ठूलो संख्यामा पछिल्लोपटक साना बिरुवाहरु लगाईएका कारण सबैले उत्पादन भने केहि वर्षपछि दिने कृषक कलिभान ओलीले बताए। हालसम्म आफ्नै लगानीमा व्यवसायिक सुन्तला खेती गरेका उनीहरुहरु स्थानीय सरकार तथा अन्य सरोकारवाला कार्यालयबाट थप खेती विस्तारका लागि अनुदान तथा प्राविधिक सहयोग हुने आशामा पनि छन्। सुन्तला खेती गर्ने राम्रो योजना भए पनि बेला बेला देखिने विभिन्न खालका रोगबाट भने दुख दिने गरेको  उनीहरुको भनाइ छ।

सम्बन्धित समाचार